१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । भारतका व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

बलिउड अभिनेत्री शिल्पा सेट्ठीका श्रीमान तथा व्यवसायी कुन्द्रालाई मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसहरुमा पुर्‍याउने गरेको आरोपमा गत सोमबार पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

कुन्द्रासंगै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।

गत फेब्रुअरीमा प्रहरीमा दर्ता भएको उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा पक्राउ परेका थिए ।

प्रहरीले उक्त मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । राज कुन्द्राले भने आफूमाथि लागेको उक्त आरोप स्वीकार नगरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV