१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा ओली सरकारले हटाएका प्रदेश प्रमुख तिलक परियारलाई नै पुनः दोहोर्याउने भएको छ ।

मंगलबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समितिको बैठकले पूर्व प्रदेश प्रमुख परियारलाई नै दोहोर्याउनका लागि सिफारिस गर्ने निर्णय गरहेको हो ।

ओली सरकारको बहिर्गनमपछि बनेको देउवा सरकारमा सात प्रदेशमध्ये माओवादीलाई दुई प्रदेश प्रमुखको दाबी गर्ने मौका मिलेको छ । जसमा गण्डकी प्रदेश र प्रदेश २ रहेको छ ।

गण्डकी प्रदेशमा पनि पुनः अमिक शेरचनलाई नै प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गर्न समितिको निर्णय भएको छ ।

हाल प्रदेश २ मा राजेश अहिराज प्रदेश प्रमुख रहेका छन् भने गण्डकीमा सीता कुमारी पौडेल प्रदेश प्रमुख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV