१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले भर्खरै एउटा गफाडी सरकारलाई बिदा गरेको र अर्को सरकार पनि त्यस्तै हुने हो कि भन्ने बताएका छन् ।

सोमबार उर्जा मन्त्री पम्फा भुषालले गरिबलाई निःशुल्क विद्युत उपलब्ध गराउछौँ भन्न अभिव्यक्ति दिएको प्रतिव्यङ्इय गर्दै ‘खनखन्ती गनेर पैसा दिन्छु भन्दा पनि कर्णालीमा बत्ती पुगेको छैन। निःशुल्क बत्तीको कुरा गरेर गफाडी नबन्न सुझाएको हुन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले मंगलबार संसदमा बोल्दै महतले निःशुल्क बिजुलीको कुरा नगर्न सरकारको ध्यानकषर्ण गराएका छन्। साथै उनले ‘एउटा गफाडी सरकारलाई बिदा गरियो अर्को सरकार पनि गफाडी हुने हो कि भन्ने चिन्ता लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV