१२ श्रावण २०७८, मंगलवार

खोटाङ । माओवादी र एमाले पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका वडा नं.७ को आयोजनामा गरिएको पार्टी प्रवेश कार्यक्रममा नेताहरु पार्टी प्रवेश गरेका हुन।

नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेमा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेद्वार बनेका हरि प्रसाद चौलागाँई, जसपाका नेता कृष्ण थापा, एमालेका संगठित सदस्य दुर्गा खनाललगायत २ दर्जन बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको हुन्।

उनिहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली काङ्ग्रेस खोटाङका प्रभावसाली युवा नेता महासमिति सदस्य एवं कार्यक्रमका विशिष्ट अतिथी रविप्रकाशले राईले, नवप्रवेशी नेता कार्यकर्तालाई नेपाली काङ्ग्रेस भित्र कहिलैपनी अन्यायमा पर्न नदिने र उनिहरुको राजनीतिक जिवनको उचित मुल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

साथै नेता रविप्रकाशले मुलुक नै काङ्ग्रेसको मार्गमा हिडिरहेको बेला अन्य दलमा लागेर देश बनाउने संकल्प केवल दिवास्वप्न मात्र रहेको बताए।

‘हामीले भर्खरै बहिर्गमित एमाले अध्यक्ष केपी ओलीको शैली र सत्ता हेर्यौ, यसबाट पनि जनता अब प्रष्ट भईसकेका छन कि कम्युनिष्टले दिने भनेको केवल भ्रष्टाचार र समयको वर्वादी हो। त्यसकारण तपाईहरुको काङ्ग्रेसमा प्रवेश गरेर काङ्ग्रेसको लोकतन्त्र र विकासको मार्गमा देशलाई हिडाउने निर्णय झनै सान्दर्भिक र सम्मान योग्य छु,’ नेता राईले थपे।

कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा महासमिती सदस्य सरस्वती बजिमय, महाधिवेशन प्रतिनिधि सहरमान राई, जिल्ला सदस्यहरु प्रकाश श्रेष्ठ, सुमन बाबु आचार्य, दिनेश घिमिरे, निशान राई साथै क्षेत्रीय सभापती तिर्थराज भट्टराई र अन्य नेता कार्यकर्ताको भव्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV