१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । प्रजातान्त्रिक चिकित्सक संघले अनसनरत प्रा. डा. चन्द्रमोहन यादवको माग अबिलम्ब पूरा गर्न माग राखेको छ ।

एक बिज्ञप्ति जारी गदै संघले डा यादवको माग जायज भएको भन्दै यथाशिघ्र सम्वोधन गरि जीवन रक्षा गर्न नेपाली काँग्रेससँग माग गरेको हो ।

‘प्रा.डा. यादवले राख्नु भएको जायज मागहरुको यथासिघ्र सम्बोधन गरी उहाँको जीवन रक्षाका निम्ती नेपाली काँग्रेसले वार्ता र सम्वाद मार्फत अविलम्ब उत्पन्न समस्याको समाधान गर्न यस संघ जोडदार माग गर्दछ,’  बिज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै डा यादव पार्टी केन्द्रीय कार्यालयमा ९ दिन देखि आमरण अनशनमा रहनु भएको छ ।

डा. यादव जातान्त्रिक चिकित्सक संघ सदस्य समेत रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV