१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । पाकिस्तानी क्रिकेट टीमका पूर्व कप्तान तथा विश्वचर्चित क्रिकेटर शाहिद आफ्रिदीले एभेरष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

उनले काठमाडौं किंग्स- ११ बाट (ईपीएल) खेल्ने भएका हुन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौं ११ ले आफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो ।

भेट्रान अलराउण्डर क्रिकेटर आफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलिसकेका छन् । उनले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका थिए ।

चौथो संस्करणको (ईपीएल) आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने हुनेछ । यो संस्करणमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले खेल्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV