११ श्रावण २०७८, सोमबार

काठमाडौं । सरकारले विदेशबाट जेलमुक्त र बेखर्ची भई फर्किएका आफ्नो नागरिकहरुको क्वारेन्टिन खर्च व्यहोर्ने निर्णय गरेको छ ।

आज सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
क्वारेन्टिनका लागि आवश्यक प्रबन्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउने र रकम अर्थ मन्त्रालयले निकासा गर्ने जनाइएको छ ।

‘डिपोर्टेसन सेन्टर’ मार्फत फिर्ता भएका, जेल मुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले बेहोर्ने तथा यसका लागि आवश्यक प्रबन्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र यसका लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । आगामी दिनका लागि नेपाल सरकारले उपयुक्त स्थानमा क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना सोही आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका लागि २३ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी आयोगको म्याद समाप्त भए स्वतः खारेज हुने गरी चालू आर्थिक वर्ष २०७८÷७९ का लागि स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV