११ श्रावण २०७८, सोमबार

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका बजार क्षेत्रभित्र जडान गरिएका सौर्य बत्तीहरू बल्न छोडेका छन् ।

सौर्य बत्ती जडान गरिएको केही महिनामात्र बत्ती बलेको स्थानिय नागरिकको भनाई छ । एक बर्ष नबित्दै रातको समयमा बत्ती बल्न छाडेको छ त्यसले झनै जोखिम निम्त्याएको स्थानियले जानकारी गराएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका भित्र सय बढि सौर्य बत्ती जडान भएका छन् जडान भएका अधिकांश बत्ती बल्दैनन् ।

उपमहानगरपालिकाको समन्वय र संसद कोषबाट नेपालगन्जमा सौर्य बत्ती जडान गरिएको थियो । बत्ती जडान गरिएको छ महिना नबित्तै मिलिक–मिलिक चम्किने, केही ठाउँमा नबल्ने समस्या आएको स्थानीय बताउँछन् ।

६ महिनादेखि राम्ररी बलेको छैन् नगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गर्छ तर मर्मत गरिएको देखिदैन स्थानियले प्रसन्न लामिछानेले भन्नुभयो । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या भएको छ पटक पटक सडक दुर्घटना भएका छन् स्थानीय लामिछानेले भन्नुभयो ।

बत्तीले सडकमा एकनासले उज्यालो नदिएपछि त्यहाँ हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको छ उहाँले भन्नुभयो । सोलार बत्ती जडान गरिएको दुई, तीन महिना मज्जाले बल्यो, तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन, त्यसैले चाँडो भन्दा चाँडो सोलार बत्तीको मर्मत गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ अर्का स्थानिय विषाल शाहीले भन्नुभयो ।

कहिले बल्ने कहिले नबल्ने भएको हुनाले झनै आँखामा चमक र सवारी चालकलाई पनि असर गर्ने भएको हुनाले सडक दुर्घटना बढि रहेको उनिहरुको भनाई छ । सोलर बत्तीमा आएको समस्याका कारणले नगरवासीको आँखामा समेत गम्भीर असर पर्न थालेको गुनासो आउन थालेको छ ।

बत्तीको मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानियवासीको गुनासो छ । नेपालगन्ज उपमहानगरपालिका भित्र विग्रिएको सडक बत्ती मर्मतका लागि २० लाख बजेट विनियोजन गरेको उपमेयर उमा थापा मगरले भन्नुभयो ।

सौर्य बत्तीको एक बर्ष मात्र वारेन्टी हुने भएको हुनाले नगरका अधिकांश बत्ती विग्रिने गरेको उहाँले बताउनुभयो ।

नगरका धेरै जसो सौयै बत्ती विग्रिएका छन् उहाँले भन्नुभयो, विग्रिएको बत्ती मर्मतका लागि चाडै पहल गर्ने बताउनुभयो । नेपालगन्ज उपमहानगपालिका भित्र सय बढि सौर्य बत्ती रहेको छ जसमा अधिकांश विग्रिएको छ । यस्तै कोहलपुर नगरपालिका भित्र यति नै बत्ति छ भन्ने तथ्याङक नभएको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले भन्नुभयो ।

नगर भित्रको सौर्य बत्ती बल्छ बल्दैन थाहा छैन उहाँले भन्नुभयो ।

विग्रिएको छ भने बनाउन तिर ध्यान दिन्छौं मेयर रावतले भन्नुभयो । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासंग सौर्य बत्तीको यकिन तथ्याङक छैन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV