११ श्रावण २०७८, सोमबार

काठमाडौं । सोमबार पशुपतिनाथ मन्दिरको बाग्मती नदीमा केही मानिसहरु दूध अर्पण गर्न तयार देखिन्थे । सबैजनाले दूधको भाँडो उचालेर बाग्मतीमा अर्पण गर्नुअघि सबैले फोटो खिचाए । त्यसपछि उनीहरुले बाग्मतीमा दूधको भाँडो खन्याए ।

कार्यक्रम आयोजना गरेको थियो– नेपाल फाउण्डेसनले । हिन्दू धर्ममा श्रावण महिनालाई शिवको महिना भनेर पनि भनिने गरिन्छ । यो महिना दुध अर्पण गर्दा शिव भक्ति बढ्ने प्रचलन रहेको छ ।

यहीँ प्रचलनलाई जोगाउन सोमबार ओली सरकारमा पर्यटनमन्त्री बनेका उमाशंकर अरगरिया पनि सामेल थिए । उनीसँगै फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए।

सोमबार उनीहरुले सामूहिक रुपमा एकसाथ एक सय लिटर दुध बाग्मतीमा अर्पण गरेका छन् ।

बाग्मतीपछि अब जनकपुरमा पनि दूध चढाउने कार्यक्रम रहेको बताइएको छ। आगामी हप्ता प्रदेश नम्बर २ का प्रदेश प्रमुखको उपस्थितिमा दूध अर्पण गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV