११ श्रावण २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका नेता एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलाई लेखक खगेन्द्र संग्रौलाले कडा जवाफ फर्काएका छन् । केही दिनअघि युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा बस्नेतले लेखक संग्रौलालाई साइबर सेना लगाएर तह लगाउँछौ भनेपछि त्यसको प्रतिउत्तरमा खगेन्द्र संग्रौलाले कडा जवाफ फर्काएका हुन् ।

‘चावेलको भट्टीमा जाँड र रक्सी खाएर हाम्रो पार्टी विरुद्ध षडयन्त्र गरेर हाम्रो सिद्धान्त, हाम्रो नेतृत्व, हाम्रा शुभचिन्तकलाई विष ओकल्ने कोही बौद्धिक अराजकतावादी शक्ति क्रियाशील भयो भने युथ फोर्सले साइबर सेनासँग मिलेर सूचना प्रविधि प्रयोग गरेर बौदिक अराजकतावादीलाई ठीक पार्नेछ’ भनेर बस्नेतले लेखक संग्रौलालाई धम्की दिएका थिए ।

तर, त्यो धम्कीले आफू विचलित नभएको भन्दै संग्रौलाले ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ?’ भन्दै फेसबुकमार्फत भनेका छन् ।

लेखक संग्रौलाले भनेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर !’

राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि लड्ने आफू बस्नेतको झिनो धम्कीले प्रभावित नहुने उनले भनेका छन् ।

लेखक संग्रौलालाई बस्नेतले गुण्डागर्दी शैलीमा धम्क्याएपछि कवि तथा लेखकहरू सामाजिक सञ्जालमार्फत बस्नेतको अभिव्यक्तिविरुद्ध उत्रिएका छन् ।

यो पनि :

खगेन्द्र संग्रौलालाई महेश बस्नेतको धम्की-‘चाबेलको भट्टीमा जाँड खाने बुद्धिजीवीलाई साइबर सेना लगाएर तह लगाउँछौँ’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV