११ श्रावण २०७८, सोमबार

काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन-लाइम पेय पदार्थ स्प्राइटले ‘क्लीयर रह’ शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । यस अभियानको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा ‘रिसेट’ र ‘रिफ्रेस’ गर्न प्रेरित गर्नु हो ।

यो अभियान जेनरेशन जेड ग्रुपका युवाहरुको लागि लक्षित छ । जसले सबै कुराहरु खुला र पारदर्शी रुपमा लिन्छन् । स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्दछ जसले युवालाई मेन्टल्ली र फिजिकल रुपमा रिसेट गर्न मद्दत गर्ने गर्दछ । त्यसैले युवाहरु सधैँ सुखी रहन्छन् र आफ्नो विचारलाई छर्लंग प्रस्तुत गर्दछन् ।

कोका–कोलाका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘हामी नेपाली युवाहरुलाई जोड्ने मुख्य विशेषताहरु इन्डिभिजुआलिटी र सेल्फ एक्सप्रेशन रहेको कुरा बुझ्दछौँ । र, एक आइकोनिक युवा ब्रान्ड र रिफ्रेसिंग टेस्ट प्रदान गर्ने स्प्राइटमा यी सबै गुणहरु समाहित रहेको छ ।’ साथै, यी अभियानको माध्यमबाट युवाहरुलाई रिफ्रेस, रिसेट र फोकस रहन र आफूहरुलाई वास्तवमै महत्वपूर्ण के हो त्यसमा केन्द्रित गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको उनले भने ।

यस अभियानको नयाँ टिभिसीमा स्प्राइटको ब्रान्ड एम्बेसेडर अनमोल के.सी छायांकित छन् । जसमा उनी लामो र तातो गर्मीको दिनपछि आराम गर्दै घर फर्कँदै गरेको देखिन्छ । यद्यपि उनको बुबाले भने उसलाई कता गएको र किन आफ्नोे समय खेर फालेको भनेर गाली गर्दछन् ।

उनले त्यसपछि स्प्राइटको चिसो बोतल समातेर चुस्की लिन्छन् र तुरुन्तै उनी रिफ्रेस हुन्छन् । आफ्नो बाबुले भन्नुभएको सबै कुराहरुलाई मध्यनजर गर्दै उनले आफ्नो प्राथमिकताहरुलाई पुनः रिसेट गर्दछन् र त्यसपछि उनले आफ्नो चिसो स्प्राइटको बोतलको साथ गेमिंगमा आफ्नो समय बिताउछन् ।

‘क्लियर रह’ अभियान स्प्राइटको विश्वव्यापी अभियान ‘लेट्स बि क्लियर’ को एक हिस्सा हो जुन नेपालका युवाहरुमा स्थानियकरण गरिएको छ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘स्प्राइट व्यस्त दिनहरुको लागि अल्टिमेट रिफ्रेसिंग ड्रिंंक हो र हामी उपभोक्ताहरुलाई रिसेट गराउनको लागि र उनीहरुको माइन्डसेटलाई रिफ्रेस गराउनको लागि प्रस्ताव राख्दछौँ । हामी आशा गर्दछौँ कि हाम्रा सम्पूर्ण ग्राहकहरुले यस अभियानसँग सहकार्य गर्नेछन् र आ–आफ्नो रायमा सत्य र पारदर्शी रहन प्रेरित हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV