११ श्रावण २०७८, सोमबार

काठमाडौं । एकबारको जिन्दगी हो । परिश्रम र संघर्ष गरी केही कमाएर परिवारसँग सुखमय जिन्दगी बिताउन सबैलाई मन हुन्छ । तर, सोचेजस्तो कहाँ रैछ, जिन्दगी । उनीहरुले पनि यस्तै सोचेर केही समय विदेश उड्ने र फर्केपछि परिवारसँग सुखसयल जिन्दगी बिताउने सोचेका थिए । तर, उनीहरुको सपना बालुवामा पानी खन्याएसरी खनियो ।

भिसा लाग्यो भनेर यसरी झुक्याइयो
यो कथा हो, उनै विदेशीएर नेपाललाई अर्बौ रेमिट्यान्स भित्र्याउने सयौं युवाहरुको । आजभन्दा नौँ महिनाअघि कुवेतलगायत खाडी देशमा जानका लागि रातोपलुमा रहेको राजदेवी इन्टरनेसनल प्रा.लि.लाई प्रतिव्यक्ति ३ देखि ४ लाख बुझाए । म्यानपावर सञ्चालक प्रेम सिंहले जतिसक्दो चाँडो रकम दिइन्छ त्यति चाँडो भिसा आउने भन्दै चाँडाचाँडो पैसाको जोहो गर्ने भनेका थिए । ‘चाँडै नै विदेश उडेर रकम पनि त कमाएर पठाइन्छ’ भन्ने आशले उनीहरुले रकम बुझाएका थिए ।

जब उनीहरुले म्यानपावर सञ्चालक सिंहले भनेजस्तै रकम बुझाए । गौशालाको होटेलबाट म्यानपवार सञ्चालकले उनीहरुबाट रकम लिए । कसैबाट रसिद काँटेर पनि लिए । रकम पाएपछि उनको व्यवहार शैलीमा फरक देखियो । उनले पीडितहरुलाई भिसा लाग्यो भनेर झुक्याए । तर, भिसा लागेको भने थिएन ।

विरालोले बच्चा सारे झै सारे
गौशालाको एउटा लजबाट अर्काे लजमा बिरालोले बच्चा सारेझैँ गरी सारे । त्यतिन्जेलसम्म पनि युवाहरु आफूहरु विदेश जानका लागि सारिएको होला भनेर आशावादी नै रहे । तर, म्यानपावर सञ्चालक सिंहको जाल अर्कै रहेछ ।

विमानस्थलमा बोलाएर म्यानपावर सञ्चालक फरार
सञ्चालक फरार हुने । सम्पर्कमा आएको बेला विमानस्थल जानु उतै भिसा लिएर आउँछु भन्ने । एकदिन यहीँ आशमा ‘अब, त विदेश जान पाइयो’ भनेर पीडितहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुगे । तर, उनीहरु विमानस्थल पुग्नु र म्यानपावर सञ्चालक फेरि फरार हुनु एउटै संयोग भयो ।

प्रहरीले पक्रेको सञ्चालक जेलबाट १८ लाख धरौटीमा छुटे
पीडितहरुले विमानस्थलबाट पटक पटक उनको निजको सम्पर्क नम्बरमा फोन गरे । तर, फोन उठेन । त्यसपछि पीडितहरु फेरि उहीँ लजमा फर्किन बाध्य भए । लजमा उनको एजेन्ट थियो । त्यसपछि युुवाहरुले दिएको जाहेरी दिएको आधारमा एजेन्टलाई प्रहरीले पक्रियो । एजेन्ट जेल गए । १८ लाख धरौटीमा राखेपछि उनी फेरि फुक्काफाल खुलेआम हिँड्न थाले । जुन सेटिङ उनै सञ्चालकले मिलाएको पीडितहरुको आरोप छ ।

पीडितले न्याय पाउने आशा पातलिदै
पीडितलाई न्याय दिनु नै प्रहरी प्रशासनको कर्तव्य हो । तर, यस घटनामा पीडितलाई न्याय नदिई उल्टै म्यानपावर सञ्चालकसँग मिलेमतो भएको देखिन्छ । एजेन्टलाई पक्राउ गरे, एजेन्ट छुट्ने तर, सञ्चालकलाई प्रहरीले पक्राउ गर्न किन सकेन ? प्रश्न गम्भीर छ । यसमा प्रहरी र म्यानपावर सञ्चालकसँग सोझैँ सेटिङ भएको जोसुकैले अनुमान लगाउन सकिन्छ । र, भएको यहीँ देखिन्छ ।

खासगरी नेपाल सरकारले बनाएको नियमअनुसार ‘फ्रि भिसा फ्रि टिकट’ मा युवाहरु विदेश उड्नुपर्ने देखिन्छ । तर, यहाँ ३०० युवाहरुबाट करोडौँ रुपैयाँ झोलामा बोकेर फरार भए सञ्चालक, आँशुको आहालमा डुबे पीडित ।

न्याय माग्न न्यूज २४ को कार्यालयमा
बिहीबार बेलुकी तीनै ३ सय युवाहरुमध्ये ३० जना न्युज २४ टेलिभिजनको अफिसमै न्याय माग्न आइपुगे । हामीले पीडितहरुको पालैपालो गुनासो र समस्या सुन्यो । घटनाक्रम सुन्दा आङ जिरिङ, जिरिङ हुन्थ्यो ।

पीडितहरुको कुरा सुनेपछि हामी लाग्यो रातोपुलमा छ भनिएको राजदेवी इन्टरनेसनल प्रा.लि.मा । अफिस बन्द थियो । चारैतिर सुनसान । हामी एकछिन छक्क पर्यो । त्यसपछि भेटिए, त्यहीँ घरका घरबेटी । अनि म्यानपावरको रहस्यहरु फिल्मी हेरेझैँ दृश्यहरु बाहिर आउन थाले ।
घरबेटीले पनि आफूले घरभाडा नपाएको र म्यानपावर व्यवसायी फरार रहेको बताए । त्यसपछि फेरि पीडितहरुसँगै यस विषयमा जानकारी लियौँ । उनीहरुले कालोपलुमा अफिस रहेको सूचना दिए । त्यहीँ सूचनाका आधारमा कालोपुलको तिनै म्यानपावर व्यवसायीले सञ्चालनमा ल्याएको साउथ नेपाल होल्डिङ सेन्टरमा पुग्यौँ । भेटिएनन्, सञ्चालक तर, कुवेतलगायत खाडी मुलुकमा ३ सय जनालाई विदेश उडाउँछु भन्दै ठगी गरेको प्रमाण हामीले भेट्टायौँ ।

त्यसपछि सत्यतथ्य बुझ्न म्यानपावरका सञ्चालकलाई सम्पर्क गरियो । फोन उठाएपछि उनले बहाना बनाए । कहिले काममा व्यस्त छु भन्ने कहिले के भन्ने । कस्तो संसार छ– जहाँ अरुको सपनालाई रुवाएर कोही यस्तो खुलेआम धन्दा चलाइरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV