११ श्रावण २०७८, सोमबार

काठमाडौं । समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।

डिल्लीबजार कारागारमा रहेका चौधरी निर्वाचन आयोग पुगेका हुन् । उनी जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गर्न आयोगमा पुगेका हुन् । उनलाई प्रहरीले गाडीमा ल्याएको थियो ।

जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV