१० श्रावण २०७८, आईतवार

रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले चन्द्रनिगाहपुरमा सरसफाइ गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजप्रतिको थप दायित्व पुरा गर्न सरसफाइ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछाने बताउनुभयो ।

समाजमा शान्ति सुरक्षा कायम गर्न मात्र नभएर गाउँ टोल पनि सफा राखेर स्वच्छ वातावरण बनाउन पनि प्रहरी आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । सो सरसफाइ कार्यक्रम अन्र्तगत चन्द्रनिगाहपुर मेन चोक र दुर्गा मन्दिर परिसरमा सरसफाइ गरिएको थियो ।

सरसफाइको क्रममा प्रहरीहरुले ती स्थान वरपर रहेका झाँडीहरु सफा गर्दै फोहरहरु उठाएर ट्याक्टरमा हालेर फोहोरको व्यवस्थापन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी नायव निरिक्षक टोप बहादुर खत्रीले बताउनुभयो ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अमर आलेले नगरपालिकाले मात्र चाहेर नगर सफा राख्न नसकिने भन्दै नागरिक, प्रहरी, जनप्रतिनिधी सबै एकजुट भएर लागेमा मात्र ‘हाम्रो चन्द्रपुर , राम्रो चन्द्रपुर’ को नारा साकार हुने बताउनुभयो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदाय र प्रहरी मिलेर समाजको हितको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV