१० श्रावण २०७८, आईतवार

एजेन्सी । बार्सिलोनाबाट डेब्यु गरेको खेलमै डच फरवार्ड मेम्फिस डिपाएले प्रिसिजनको मैत्रीपुर्ण खेलमा गोल गर्न सफल भएका छन् ।

शनिबार राति भएको मैत्रीपुर्ण खेलमा जिरोनाविरुद्ध डिपाएले डेब्युमै एक गोल गर्न सफल भएका हुन् । सम्रगमा बार्सिलोनाले जिरोनालाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

बार्सिलोनालाई सहज जित दिलाउनको लागि डिपाएसँगै जेरार्ड पिके र रे मानाज गोल गरे ।

खेलको २१औ मिनेटमा जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अघि बढाए । २४औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा सामु सेइजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थमा ल्याए ।

८५औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई ३–१ को सहज जित दिलाए । उनी पहिलो हाफको अन्त्यतिर रे मानाजको स्थानमा मैदान छिरेका थिए । डिपाए यसै समरमा फ्रि ट्रान्सफरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV