९ श्रावण २०७८, शनिबार

काठमाडौं । विगत दश वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आइरहेको घोरही सिमेन्ट इन्डष्ट्रीले उपभोत्ताको माग र सहज आपूर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओपीसी सिमेन्टमा २५ केजीको हाफ प्याक बजारमा ल्याएको छ ।

घोराही सिमेन्ट इन्डष्ड्री नेपालको सिमेन्ट उद्योगमा अग्रणी उत्पादक भएको र यसका उत्पादनहरुका गुणस्तरतामा आफ्नो स्थान अन्य सिमेन्टहरु भन्दा अलगै दजार्मा कायम राख्दै आएको छ ।

हालसालै कम्पनीले नेपालमै पहिलो पटक सिमेन्ट इन्डष्ट्रीमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त संस्था एनएबीएल (नेशनल अक्रेटिटेशन बोर्ड फर टेष्टिङ एक क्यालिब्रेशन ल्याबोरेटरिज)बाट ल्याब सञ्चालनमा आधिकारिकता समेत प्राप्त गरेको छ ।

जसका कारण यस उद्योगले उत्पादन गर्ने यस २५ केजीको हाफ प्याकमा समेत अन्तर्राष्ट्रिय स्तरको गुणस्तरता कायम राख्न कम्पनी सफल भएको छ ।

यस २५ केजीको हाफ प्याक बोरा वितरण प्राणलीमा सहज हुने र स–साना सिमेन्टसँग जोडिएका निर्माणका कार्यहरु गर्न सजिलो हुने भएकाले हाफ प्याक सगरमाथा ओपीसी र सगरमाथा पीपीसी सिमेन्ट गोल्ड जस्तै बजारमा धेरै लोकप्रिय हुने कुरामा कम्पनी पूर्ण विश्वस्त रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV