९ श्रावण २०७८, शनिबार

विराटनगर । अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई मोरङ प्रहरीले नेपाल-भारत सीमा नाका विराटनगर महानगरपालिका- १७ मटेरुवाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका अतुलकुमार र संदिप सिंह रोय रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय रुपैयाँ २ लाख ८ हजार ५ सय र अमेरिकी डलर १ सयको २१ थान, २० को ५ थान, १० को १ थान र १ को ४ थान सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई आवश्य कारवाहीको लागि आन्तरीक राजश्व कार्यालय इटहरीलाई बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV