९ श्रावण २०७८, शनिबार

भक्तपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले तोकिएको समयमा महाधिवेशन नभए कांग्रेसको बैधानिकता समाप्त हुने बताउनु भएको छ । त्यसैले नेपालकै ठूलो पाटीर्को दर्ता खारेज हुन बाट बचाउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

कांग्रेसका नेता एवं कवि गुरुराज घिमिरेद्वारा लिखित “मृत्युसँगको साक्षात्कार कविता संग्रह”को विमोचन कार्यक्रममा बरिष्ठ नेता पौडेलले प्रदेश अधिवेशन प्रतिनिधि र केन्द्रीय प्रतिनिधि क्रियाशील सदस्यताको विवाद छिटै टुंग्गो लगाएर पार्टीको बैधानिकता बचाउनु पर्ने बताउनु भयो ।

आज बिहान पार्टीको बैठकमा पनि पार्टी सभापती शेरबहादुर देउवाले कार्यतालिका कसरी मिलाउनु पर्ने हो मिलाउनु भन्दै भदौ १६ गतेदेखि १९ गतेसम्मको समय भने यताउती हुन नसक्ने बताएको भँन्दै आफू पनि अर्जुनदृष्टिका साथ सोही समयमा महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो ।

नेता पौडेलले केन्द्रीय महाधिवेशन समयमै सम्पन्न गर्न हामी सबै प्रतिबद्ध भएर लाग्नु पर्ने पनि बताउनु भयो ।

त्यस्तै नेता कृष्ण प्रसाद सिटौलाले साउन १२ गतेका लागि तोकिएको वडा अधिवेशन क्रियाशील सदस्यताको समस्या नटुंग्गिएका कारण हुन नसक्ने दावी गर्नुभयो ।

विमोचन कार्यक्रममा कांग्रेस महामन्त्री डा. शसांक कोइराला, सदस्यहरु शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, अर्जुननर सिंह केसी, चन्द्र भण्डारी, दिपक गिरीलगायतले पुस्तकमा भएका कविताका बारेमा चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV