९ श्रावण २०७८, शनिबार

काठमाडौँ । दुवै मिर्गौला फेल भएकी हास्य कलाकार पल्पसा डंगोल चम्सुरीुलाई मिर्गौला दिन ५ जना आफन्त तयार भएका छन् ।

टेलिसिरियल ‘मेरीबास्सै’ मा ‘चम्सुरी’ पात्रबाट चर्चामा आएकी कलाकार डंगोल दुवै मिर्गौला फेल भएर अस्पतालमा उपचाररत छिन् ।

उनका दुवै मिर्गौलाले काम गर्न छोडेपछि महाराजगञ्ज अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।  पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको भएपनि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइनन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको केही दिन अघि फेसबुक पोस्ट मार्फत आफ्नो र पल्पसाको तस्बिर राखी दीपाश्रीले कलाकार पल्पसा डंगोल (चम्सुरी) को स्वास्थ्य सुधारको कामना गरेपछि उनको स्वास्थ्य अवस्था सार्वजनिक भएको थियो ।

स्वास्थ्य अवस्था सार्वजनकि हुँदा कलाकार डंगोलले आफुलाई अन्य सहयोग भन्दा पनि यतिबेला मिर्गौलाको नै आवश्यकता रहेको बताएकी थिइन् । उनको यस अभिव्यक्तिमा उनका प्रशंसक तथा सुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गर्नुको साथै मिर्गौला दिन आफुहरु तयार रहेको बताएका थिए ।

तर, नेपालको कानूनले आफन्तलाई मात्र मिर्गौला दान गर्न अनुमति दिएको छ । सोही अनुसार हाल उनलाई मिर्गौला दान गर्नकालागि ५ जना आफन्त इच्छुक रहेको बताइएको छ । यदि म्याच भएमा डंगोलको छिट्टै नै नेपामा नै मिर्गौला प्रत्यारोपण गर्ने पारिवारिक तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV