८ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताउनुभएको छ ।

शुक्रबार एमाले काठमाडौं ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टीभित्र रहेर पाटीविरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाल हुनै नसक्ने बताउनुभएको हो ।

एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई पनि अब एमाले भन्न नमिल्ने उहाको भनाइ छ । पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमालेभित्र कुनै ठाँउ नरहेको बताउनुभयो ।

एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उहाँको भनाइ छ । त्यस्तै एमाले केन्द्रीय सदस्य एव प्रदेश सांसद नवराज सिलवालले मुलुकको बिकास गर्नका लागि वडा तहबाटै बिकासको सुरुवात गर्नुपर्ने भएकाले आफ्नो ध्यान बिकास निर्माणमा रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई महासचिव पोखरेलले एमाले प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV