८ श्रावण २०७८, शुक्रबार
  • युवराज आचार्य,

झापा । झापाको गौरादह नगरपालिकास्थित गेउरिया खोलामा एक पुरूष मृत अवस्थामा भेटिएका छन् ।

गौरादह ४ स्थित गेउरिया खोलामा टुनटुन भन्ने यकिन नाम थर नखुलेका अन्दाजी ५०–५५ वर्षीय पुरुष शुक्रबार बिहान १० बजे तिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

घटना थाहा पाए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटना पश्चात् फरार रहेका गौरादह ७ का सेन्टु ऋषिदेवका छोरा २५ वर्षीय छोरा सितकुमार ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त घटना आफूले घटाएको स्वीकारेको प्रहरीले जनाएको छ ।

गौरादह बजार आसपास दिनभर मागेर खाने टुनटुन र सितकुमारबीच सामान्य वादविवाद हुँदा सितकुमारले गेउरिया खोलाको डिलबाट धकेल्दा उक्त घटना घटेको स्वीकारेको प्रवक्ता थापाले बताए ।

अहिले मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ । ऋषिदेवलाई नियन्त्रणमा लिएर घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV