८ श्रावण २०७८, शुक्रबार

पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त छ जना मन्त्रीहरुले सपथ लिएका छन् । माओवादी केन्द्रबाट चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण, रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण मन्त्रीको शपथ लिएका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानून र कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीको शपथ लिएका छन् ।

नवनियुक्त छ जना मन्त्रीहरुलाई शुक्रबार गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् । योसँगै गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारले ४२ औँ दिनमा पूर्णता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV