८ श्रावण २०७८, शुक्रबार

काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरुबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिएका छन् ।

उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको स्पष्ट गरेका छन् ।

साथै दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV