८ श्रावण २०७८, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ९ बजेका लागि बाेलाइएकाे छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार र शनिबार पार्टी पदाधिकारी बैठक बोलाउनुभएको हाे ।

तर उक्त बैठक बालुवाटारमा नबस्ने भएकाे छ । प्रम देउवाकाे निजी  निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे  पदाधिकारी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार बैठकमा कांग्रेसकाे आगामी महाधिवेशनको तयारी बारे छलफल हुनेछ । बैठकमा पार्टीका पूर्व पदाधिकारीहरू समेत सहभागी हुने जनाइएकाे छ ।

विगतमा पार्टीका बैठकहरू सरकारी निवास बालुवाटारमा बस्ने गरेकाेमा विशेष गरी निवर्तमान प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना हुने गरेको थियो । यस्ताे गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएकाे कांग्रेस महामन्त्री पूर्णबहादुर  खड्काले  बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV