७ श्रावण २०७८, बिहीबार

मुगु । पर्यटक नआउदा मुगु जिल्लामा रहेको नेपालको सुन्दर र ठूलो ताल रारामा आजभोली सुनसान भएको छ ।

कोरोना महामारीका कारण आन्तरिक र बाह्य पर्यटक नआउँदा सुन्दर रारा सुनसान भएको हो । नेपाल सरकारले गरेको लकडाउनका कारण सडक तथा हवाई सेवा सबै बन्द भए पछि रारामा पशु चौपाय बाहेक अन्य सुनसान बनेको छ ।

आ.व २०७७/०७८मा रारा घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या १० हजार ३सय ७० आन्तरीक पर्यटक र १९ जना बिदेशी पर्यटकहरुको रारामा घुम्न आएका थिए । तर पछिल्लो ३ महिना देखि रारा राष्ट्रिय निकुञ्जको अभिलेखमा आन्तरीक तथा वाहिय पर्यटकहरुको संख्या शुन्य रहेको निकुञ्जले जनाएको छ ।

लक्ष्य अनुसारको पर्यटकहरु रारामा भित्र्याउन नसकेको र राजश्वमा निकै कम उठेको रारा राष्ट्रिय निकुन्जका कार्यालय प्रमुख बद्री बिनोद दाहालले बताएका छन् ।

पर्यटकको अभावमा होटलहरु पनि सञ्चालन हुन नसक्दा होटल व्यवसायीहरु मारमा परेका छन् । ‘ऋणमा होटल सञ्चालनमा ल्याएको थिए, कोरोना र लकडाउनले व्यवसाय नै थला पारिदियो साहुले ब्याज नभएपनि सावा भएपनि ल्याउ भन्छन्, यता आफुलाई छाक टार्न समेत निकै गारो भइसक्यो’, न्यू महादेव होटलका सन्चालन साईला रावलले  दुखेसाे पाेखे।

रारामा घुम्न आउने पर्यटकलाई घोडा र डुङ्गामा चडाएर मनोरन्जन दिएर आफ्नो जिविको चलाई आएका स्थानीयवासीहरुलाई पनि हिजो आज जिवननिर्वाह गर्न कठिन भएको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV