७ श्रावण २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गर्नुभएको थियो । विहीबार भक्तपुरमा पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उहाँले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा एक हजार एक सदस्यीय पिपुल्स भोलिन्टयर्स घोषणा गर्नुभएको हो ।

त्यस्तै नेता नेपालले सत्य र न्यायको पक्षमा रहेकाहरु आतिनु नपर्ने र अन्त्यमा सत्यको जित हुने बताउनुभएको छ । पार्टीको नेतृत्व गलत भएका कारण समस्या आएको बताउदै नेता नेपालले अहंकारको घोडा चढेको बादशाहलाई घोडाबाट उत्रनुपर्ने अवस्था आए वास्तविकताको ज्ञान हुने धारणा राख्नुभयो ।

नेता नेपालले भविष्य युवा नेताहरुको जिम्मामा रहेको बताउदै क्रान्तिकारी पार्टी अघि बढाउने जिम्मा पनि युवाहरुको भएको बताउनुभयो । जनताका बीचमा आत्मालोचना गरेर मैलो धुलो टक्टक्याएर अघि बढ्यो भने जनताले पत्याउने कम्युनिष्ट पार्टीलाई नै भएको उहाको भनाइ छ ।

नेपालले नेपाल कम्युनिष्ट पार्टी एकता गर्दा जुन सोच राखेर अघि बढेको हो त्यो हुन अझै नसकेको तर्क गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV