७ श्रावण २०७८, बिहीबार

काठमाडौं । गायक, गीतकार एवं संगीतकार कृष्ण राईको नयाँ गीत सार्वजनिक भएको छ । के.डी. रेम्नीसिङ कुलुङको शब्द तथा कृष्ण राईको संगीतमा ‘सिरसिरे हावा चल्यो’ गीतको भिडियो सोसल मिडिया युट्युवमार्फत् दर्शकमाझ रिलिज गरिएको हो ।

सार्वजनिक ‘सिरसिरे हावा चल्यो’ गीतलाई गायिका रचना रिमालले स्वरबद्ध गरेकी छन् । गीतलाई विष्णु अधिकारीले एरेञ्ज गरेका हुन् । ओपल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई विप्लव अधिकारीले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

गंगाराम राईको सिनेमाटोग्राफी रहेको गीतको भिडियोमा गायिक रचना रिमाल फिचर्ड छन् । गीतको भिडियोलाई ‘कृष्ण राई अफिसियल’मार्फत् दर्शकमाझ रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV