७ श्रावण २०७८, बिहीबार

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । प्रति तोलामा ७०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार ७ सय रुपैँयाले घटेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ३०० रहेको छ । हिजो तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । प्रति तोलामा १० रुपैयाँ बढेर आज एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV