६ श्रावण २०७८, बुधबार

काठमाडौं । ओलम्पिक खेलकुदमा नेपालको सहभागिताको प्रश्नमा जहिले पनि खेलाडी कम पदाधिकारीको उत्साह बढी हुँदै आएको छ । यसपटक पनि जापानमा हुने ओलम्पिकमा त्यहीँ नियति दोहोरिएको छ ।

ओलम्पिकमा नेपालले यसपटक चार खेलमा ५ खेलाडीलाई उतारेको छ भने २१ जना पदाधिकारीको टोली जापान पुगेका छन् । जस्मा नेकपा एमाले नेता बामदेव गौतमकी पत्नी कुमारी तुलसी थापा पनि जुडोको व्वस्थापक बनेर जापान पुगेकी छन् ।

नेपालको खेलकुदमा राजनीति हावी हुनु नौलो होइन । त्यसमाथि एमाले सांसद जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको अध्यक्ष भएपछि उनले यो सस्थालाई एमालेको भातृ संगठन भन्दा फरक बनाएका छैनन् ।

देश भित्र एमालेको ताण्डव हेरिरहेकाहरुले अब जापान ओलम्पिकमा पनि खेलाडीको कौशल भन्दा एमालेको ताण्डव नै बढी हेर्न पाउने भएको भन्ने भन्न थालिएको छ ।

जापानमा आगामी शुक्रबारबाट सुरु हुने टोकियो ओलम्पिकमा नेपालको तर्फबाट चार स्पर्धामा पाचँ खेलाडीले सहभागिता जनाउँदै छन् । तर, खेलाडी बाहेक प्रशिक्षक र पदाधिकारी गरी २१ जनाको टोली जापान पुग्यो । दूर्भाग्य लामो समयदेखि चल्दै आएको यो परम्पराले यसपटक पनि निरन्तरता पायो ।

विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको ३२औं संस्करण आगामी शुक्रबारदेखि जापानको टोकियोमा शुरु हुँदैछ । विश्वका झण्डै २ सय ६ राष्ट्रले खेल्ने ओलम्पिक बिहिबारबाट जापानको टोकियोमा सुरु हुदैँछ ।

सन् १९६४ बाट ओलम्पिकमा सहभागीता सुरु गरेको नेपालको हकमा भने सहभागीताको आधा शताव्दी पार गर्दा पनि ओलम्पिक यात्रा सहभागितामै सीमित छ । मुख्यतः ओलम्पिकमा देखिने पदाधिकारीको भ्रमण मोहले खेलाडीको सहभागितालाई जहिल्यै पनि छायाँमा पार्दै लगेको छ । र, यसपटक टोकियो ओलम्पिकमा पनि पदाधिकारीकै हालिमुहालीले नेपालको ओलम्पिक यात्रा आलोचना भन्दा पर रहन सकेन।

प्रतिक्रिया दिनुहोस्

LIVE TV