६ श्रावण २०७८, बुधबार

काठमाडौं । टीभीएस एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनसिप–२०२१ सम्पन्न भएको छ । सीजीसीओको सहकार्यमा आयोजित यस खेल प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो पबजी प्रतियागिता रहेको थियो ।

देशभरका ६६० भन्दा बढी टोलीले यस प्रतियोगिताको लागि प्रतिस्पर्धा गरेका थिए । २० दिनको अवधिमा दर्ता गरिएका टोलीहरूले टिभिएस एनटर्क स्कूटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।

जगदम्बा मोटर्स–टिभिएसले नेपाली खेलकुद जगतलाई सहयोग पुर्याउनको लागि खेल प्रतियोगिता आरम्भ गरेको हो । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले यस प्रतियोगिताले कर्पाेरेट जगतमा ठूलो योगदान पुर्याएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘ यो एउटा कर्पोरेट कम्पनीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नको लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्याएको छ ।’

यस प्रतियोगिता जून १, २०२१ मा देखि सुरू भएर जुलाई १६, २०२१ मा समाप्त भएको हो । फाइनल खेलमा ४८ टिमहरू (प्रत्येक समूहमा १६जना) गरी सामेल गरिएका थिए ।

टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको थियो । उनीहरुले क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनल गरी मिलाइएको थियो । अनलाइन इन टूर्नामेन्ट गरिएको खेल प्रतियोगिता तीन भाग्यशाली बिजेताले । टीभीएस एनटर्क सुपर स्क्वाड मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिजहरू जित्न सफल भए ।

खेलमा इन्भिजिवल रेड टिमले प्ले विथ पर्पाेस, कम्ब्याट ब्लुले डेड आइज गाइज र स्टिल्थ ब्ल्याकले डा रियल सोल्डर जित हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV