६ श्रावण २०७८, बुधबार

काठमाडौं । काठमाडौं उपत्यकाका सार्वजनिक स्थानहरुमा अत्यधिक भीडभाड बढ्दा काठमाडौं फेरि संक्रमणको ‘हट स्पट’ बन्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

व्यापारिक क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड उल्लंघन भएको छ । खोप केन्द्रहरु अव्यवस्थित बन्दा संक्रमण सर्ने उत्तिकै सम्भावना रहेको जानकारहरु बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही गर्दा अस्पतालमा कोरोनाको लक्षण लिएर पुग्नेको संख्यामा बृद्धि भएको छ ।

काठमाडौं उपत्यकामा ३ सयको हाराहारीमा झरेको संक्रमण पुनः ७ सयको हाराहारीमा पुगेको छ । बुधबार २ हजार ८ सय ३८ संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण बढिरहँदा बजारमा सर्वसाधारणको भीडभाड कायमै छ । भीडभाड नरोकिदाँ कोरोना संक्रमणको जोखिम डरलाग्दो रुपले बढेको हो । उपत्यकाका मुख्य बजारहरु, सार्बजनिक सवारी साधन र खोप केन्द्रहरुमा अत्यधिक भिडभाड देख्न सकिन्छ ।

सरकारी कार्यालय र बैंक वित्तीय संस्थाले पनि भीडभाड गराएर सेवा दिने गरेका छन् । त्यसो त नागरिक आफै पनि सचेत देखिदैनन् । २ महिना लकडाउनपछि घटेको संक्रमण फेरि बढ्नुमा यही भीडभाड जिम्मेवार छ ।

दोस्रो लहरको भयाभह अवस्थालाई बिर्सिएर मानिसहरु उही लापरबाही गरिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV