६ श्रावण २०७८, बुधबार

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीकी श्रीमान राज कुन्द्र पोर्न फिल्म निर्माण तथा ओटीटीमा रिलिज गरेको आरोपमा गत सोमबार पक्राउ परेका छन् । यसैबीच चर्चित अभिनेत्री एवं मोडल सागरिका सोना सुमनले राज कुन्द्राका पीए उमेश कामतले आफूलाई न्यूड फिल्मका लागि अफर दिएको खुलासा गरेकी छन् ।

उमेश कामत राज कुन्द्राका दाहिने हात मानिन्छन् । अभिनेत्री एवं मोडल सागरिकाका अनुसार उमेश कामतले उनलाई न्यूड फिल्मका लागि नै सम्पर्क गरेका थिए । तर, सागरिकाले उक्त अफरलाई अस्वीकार गरेको बताएकी छन् ।

भारतीय मिडियासँग बोल्दै सागरिकाले भनेकी छन्, ‘लकडाउनको क्रममा उमेश कामत सम्पर्कमा आएका थिए । उमेशले भिडियो कलको माध्यमबाट अडिशन लिने क्रममा न्यून अडिशनको कुरा गरेका थिए । उनको कुरा सुनेर म छक्क परेँ र तुरुन्त अस्वीकार गरेँ ।’

सागरिकाका अनुसार उक्त भिडियो कलमा अर्का एक ब्यक्ति पनि जोडएका थिए, तर उनले आफ्नो अनुहार भने छोपेका थिए । उक्त ब्यक्ति राज कुन्द्रा नै भएको सागरिकाको ठम्याइ छ । उक्त भिडियो कलमार्फत् नै कामतले सागरिकाको लाइफ बनाइदिने प्रस्ताव पनि दिएका थिए ।

गत फेब्रुअरीमा पनि यो विषयको उठान भएको थियो । सो समयमा पनि सागरिकाकाले यस विषयको खुलासा गरेकी थिइन् । पक्राउ परेका राज कुन्द्रामाथि कडा भन्दा कडा सजाय हुनुपर्ने अभिनेत्री सागरिकाको माग छ ।

प्रहरीका अनुसार पोर्न फिल्म बनाउने र उक्त फिल्मलाई केही एपमार्फत् पब्लिश गर्नेहरुमा राज कुन्द्रा पनि सामेल थिए । राज कुन्द्रालाई २३ जुलाईसम्म पुलिस रिमाइण्डमा पठाइएको छ । अब मुम्बई क्राइम ब्राञ्चको टिमले राज कुन्द्रामाथि अनुसन्धान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV