६ श्रावण २०७८, बुधबार

काठमाडौं । भारतको महाराष्ट्र राज्यको औरंगावादमा आयोजित ‘दोश्रो रोशनी रिल्स अन्तरराष्ट्रिय सर्ट फिल्मस् फेस्टिभल २०२१’मा म्युजिक भिडियो निर्देशक विधान कार्कीले अवार्ड जितेका छन् ।

कार्कीले ‘केटो अली कमाउने होस्’ बोलको गीतको भिडियोबाट अवार्ड जितेका छन् । उनले ‘उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट’को अवार्ड जितेका हुन् । ४ विदेशी प्रतिस्पर्धीलाई उछिन्दै उनले अवार्ड जितेका छन् ।

महोत्सवमा विश्वका करिब सय भन्दा बढी म्युजिक भिडियोहरु प्रतिस्पर्धामा छानिएका थिए । जसमध्य उत्कृष्ट ५ को मनोनयन केही समय अगाडि सार्वजनिक गरिएको थियो ।

फिल्म एडुकेशन र वेलफेर फाउन्डेशन ए बढले आयोजना गरेको थियो । महोत्सवमा भारत, लेबनान, हङकङ, नर्वे, स्विडेन लगायतका चलचित्रकर्मीहरु निर्णायक मण्डलमा थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV