६ श्रावण २०७८, बुधबार

काठमाडौं । कयौं टीभी सिरियल र साउथ फिल्ममा काम गरिसकेका ठाकुर अनुपसिंह ‘सिंघम–३’ फिल्मबाट बलिउडमा डेब्यु गर्ने भएका छन् । त्यसोत, तमिलको सुपरहिट फिल्म ‘सिंघम–३’मा पनि अभिनेता सूर्याको अपोजिटमा ठाकुर अनुपसिंहले कुशल भिलेनको भूमिका निभाएका थिए ।

भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अभिनेता ठाकुर अनुपसिंहले आफ्नो बलिउड डेब्युलाई लिएर खुसी ब्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यदि तपाईहरुले साउथको ‘सिंघम–३’ हेर्नुभएको छ भने तपाईहरुलाई थाहै छ, सूर्या सर प्रहरी अफिसरको भूमिकामा हुनुहुन्थ्यो । म भिलेनको भूमिकामा थिए ।’

उनले थप भने, ‘तर, यसको हिन्दी रिमेकमा सूर्या सरको भूमिकामा म आउनेछु । फिल्मको तयारी सुरु भइसकेको छ । यस फिल्मलाई लिएर म निकै उत्साहित छु । यो फिल्मलाई गुड्डु धनोआले निर्देशन गर्दै हुनुहुन्छ । यो मेरो लागि निकै खुसीको खबर हो, कयौं ठूल–ठूला कलाकारहरुलाई लञ्च गर्नुभएको उहाँले मलाई पनि बलिउडमा लञ्च गर्दै हुनुहुन्छ ।’

कुराकानीको क्रममा ठाकुर अनुपसिंहले फेरि भने, ‘मैले आफ्नो करियरमा साउथको जति पनि फिल्म गरे, सबैमा मैले भिलेनको भूमिका निभाएको छु । भिलेनको भूमिका निभाइरहँदा मलाई लाग्यो कि हिरोको भूमिका पनि निभाउन सक्छु । मैले यस कन्फिडेन्ट दर्शकहरुलाई देखाउँदै गर्दा मैले ‘सिंघम–३’मा हिरोको भूमिका पाएको छु ।’

उनले थप भने, ‘यस फिल्मले मेरो हिरो बन्ने भाग्य खोलेको छ । मैले आफूले आफूलाई गरेको भरोसा भन्दा पनि बढी निर्माता जयंतीलाल गडा सरले गर्नुभएको छ ।’

सिंघम र सिंघम–२ फिल्ममा भने एक्शन अभिनेता अजय देवगनले हिरोको भूमिका निभाएका थिए । दुवै फिल्मलाई दर्शकहरुले खुब रुचाएका थिए, भने बक्स अफिसमा समेत राम्रो कलेक्शन गरेको थियमे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV