६ श्रावण २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं प्रतिनिधिसभा सांसद पार्वती विशुंखेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा स्पष्टीकरण माग्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्नुपर्ने बताएकी छन् ।

बुधबार पार्टीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदा अनुशासन उल्लंघन गरेको आरोपमा पठाएको स्पष्टीकरण पत्र बुझ्दै सांसद विशुंखेले अब आफूहरुलाई नभई अध्यक्ष ओलीलाई नै कारबाही गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘हामी होइन अब उहाँलाई कारबाही गर्नुपर्छ । हामीले संविधानको धारा प्रयोग गरेर स्वविवेकपूर्ण मत दिएका हौँ । तर, उहाँलाई कुन संविधानको धाराले पार्टी दलको बैठक नराखी संसद विघटन गर्ने अधिकार दियो ? त्यसैले हामीलाई होइन केपी ओलीलाई कारबाही गर्नुपर्छ ।’

संविधानको धारा ७६ (५) ले दिएको अधिकारलाई स्वविवेकीय अधिकार प्रयोग गरी आफूले संविधान र संसद बचाएको विशुंखेले बताएकी छन् ।

पार्टी अध्यक्ष ओलीले बुधबार सांसद विशुंखेसहित २२ सांसदलाई पठाएको स्पष्टीकरण सोध्नुको ठोस कारण खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV