६ श्रावण २०७८, बुधबार

काठमाडौं । भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्यूटहरूमा उच्च शिक्षा हासिल गर्ने उदेश्यले जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको वाइड रेन्ज कन्सल्टेन्सीले मेरीटको आधारमा भारतीय दुतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृत्तिको बारेमा जानकारी गराएको छ ।

शैक्षिक सत्र २०२१–२२ को लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा वाइड रेन्ज कन्सल्टेन्सीले स्टडी इन इन्डिया स्कलरशीप इन्फर्मेसन सेसन एण्ड प्रेस मिटको आयोजना गरेर उक्त जानकारी गराएका हो ।

वाइड रेन्ज कन्सल्टेन्सीले भारतका उत्कृष्ट विश्वसवद्यालय, कलेज र इन्सिटच्यूटमा आफै गएर त्यहाँका शैक्षिक संस्थामा रहेको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अनुभव र छात्रवृत्तिका बारेमा बुझेर मात्र विद्यार्थी र अभिभावकहरूलाई सत्य तथ्य जानकारी गराउदै आएको छ ।

के हो कम्पेक्स स्कलरशीप ?

भारतीय दुतावास काठमाडौंले प्रतेक वर्ष मेधावी र मेहनती विद्यार्थीहरुलाई मेरीटको आधारमा सतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा पढ्नको लागि पूर्ण छात्रवृत्ति कम्पेक्स स्कलरशीप २०२१ मार्फत प्रदान गर्दै गर्दै आएको छ ।

अगस्ट चार तारिखसम्म आवेदन दिने अन्तिम मिति रहेको यस छात्रवृतिमा अन्डरग्याजुएट प्रोग्राम ‘वि इन्जियीयरिङ, फार्मेसी, एग्रिकल्चर, फूड टेक्नोलोजी, बी.एससी.नर्सिङका लागि शैक्षिक सत्र २०२१–२२ का लागि विद्यार्थीहरुले आवेदन दिने ब्यबस्था गरिएको छ ।

यस वर्ष कोरोना महामारीका कारण यो कम्पेक्स स्कलरशीप टेस्ट कम्पुटर वेसमा अगस्टको चौंथो साता परीक्षा लिइने भएको छ । कक्षा १२ पास गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो स्कलरशीप टेस्ट दिन मिल्ने भारतीय दुतावासद्वारा निस्कासित छात्रवृति फारम भर्ने तरिकामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV