६ श्रावण २०७८, बुधबार

काठमाडौं । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६१६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ७१५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९१८ जना र ३ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोनामुक्त भए, ३० को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३७ लाख ६९ हजार ९३१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV