६ श्रावण २०७८, बुधबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान गर्न नसक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभामा बाल्दै अर्थमनत्री शर्माले उपभोकतावादी अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा बदल्ने चुनौती रहेको धारणा राख्नुभएको हो ।

उत्पादनबृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न नसक्ने उहाँको भनाइ छ । उहाँले कोरोनाका कारण निजी क्षेत्रमा परेको असरलाई माथि उठाउन राहत कार्यक्रम ल्याउने बताउनुभयो । त्यस्तै उद्योगी विनोद चौधरीले नेपाललाई नै दक्षिण एशियाली राष्ट्रमा नै लगानी गर्ने उत्कृष्ट गन्तव्य बनाउनका लागि प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, उहाँले मुलुकको बिकासका लागि स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष सचिश कुमार मोरले कोरोना महामारीका कारण निजी क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराउनुभएको थियो, भने कार्यक्रममा केही व्यवसायीलाई सम्मान पनि गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV