६ श्रावण २०७८, बुधबार

मुगु । जिल्लाको सोरु गाँउपालिकाले एक वर्षपछि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विभिन्न कारण १ वर्षदेखी नपाएको सामाजिक सुरक्षाभत्ता पाउँला मुगुका स्थानीयवासी हर्षित भएका छन् । नेपाल सरकारले दिँदै बालबालिका, वृद्धवृद्धा, अपाङ्ग, एकल महिला लगायतलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता १ वर्षपछि पाउँदा खुसी भएका हुन् ।

सामाजिक सुरक्षा भत्ता स्थानीय सरकार मार्फत वितरण गर्दै आइरहेको भए पनि मुगु जिल्लामा रहेका स्थानीय सरकारले यो आर्थिक वर्षको एक वर्षपछि भत्ता वितरण गरिएको हो ।

‘सरकारले दिएको भत्ता एक बर्ष सम्म नपाउदा निकै निरासामा थियौ जे जसो भए पनि एक बर्ष पछि भत्ता पाउदा निकै खुसी भएका छौँ’, सोरु गाँउपालिका वडा नम्बर ६ की ७५ वर्षीया तारा मल्लले भनिन् ।

सरकारले प्रत्येक चौमासिकमा भत्ता उपलब्ध गराउने व्यवस्था गरेको भएपनि ग्रामिण भेग र कोरोना संक्रमणको जोखिमका कारण ढिला भएको सोरु गाँउपालिकाका एमएसआई शाखाका तिलक बहादुर शाहीले जानकारी दिए । उनले भने,’ सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत दिइने भएपनि सेवा ग्राहीहरुको बैक खाता खोल्न ढिलाई, महामारी कोरोनाका कारण सामाजिक सुरक्षा भत्ता वितरण ढिला हुन पग्यो ।’

गाँउपालिकामा सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही ४ हजार ६ सय ८२ जना रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV