६ श्रावण २०७८, बुधबार

काठमाडौं । ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरिएको छ । उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बन्न सफल भएका छन् ।

विजेता खातीले सामसुङको ५५ इन्च स्मार्ट टिभी जितेका छने् । ‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म सञ्चालन गरिएको थियो । यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए भने उक्त योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोन लोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने व्यवस्था मिलाइएको थियो ।

योजनामा सहभागी हुनका लागि योग्य फोन लोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने नियम रहेको थियो । विजेता छनोट भने फोन लोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो ।

योजनामार्फत् फोनलोनले ग्राहकहरु माझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ । पछिल्ला दिनमा फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ ।

एफ वान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV