६ श्रावण २०७८, बुधबार

यासोक । पाँचथरको कुम्मायक – २ माङजाबुङ निवासी समाजसेवी गजेन्द्र शेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग गरेका छन।

रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहनु भएका शेर्माले कोरोना कोभिड १९ को महामारिको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सो स्वस्थ्य सामग्री बितरण गरेका हुन।

समाजसेबि शेर्माले चार लाख रकमको बराबरको ज्वरो नाप्ने थर्मलगन र सेनिटाइजर लगायतका स्वस्थ्य सामग्री सहयोग गरेका हुन।

गजेन्द्रले पठाएको सामाग्री उनका दाजु घनेन्द्र सेर्मा मार्फत पालिकाका विभिन्न केन्द्रमा बितरण गरिएको छ।

मिक्लाजुङ गाउपलिकाका १र २ का लागि ३५ वटा थर्मलगन , ६ हजार ४ सय पिस सर्जिकल मास्क, फाल्गुनन्द गाउँ पालिका वडा नम्बर ६ का लागि ६ ओटा थर्मलगन ४हजार ५ सय पिस मास्क, कुम्मायक गाउँपालिका-१का लागि थर्मलगन २४ वटा २ का लागि ३० वटा थरमल गन र ४ हजार ९ सय ९४ पिस सर्जिकल माक्स, ३ का लागि १६ वटा थरमलगन , ४ वडाका लागि १२ वटा थरमलगन, र ५ वडाका लागि १६ वटा थरमलगन गरि १ सय ४७ थरमलगन र १५ हजार ९ सय पिस सर्जिकल माक्स सहयोग गरेका छन्।

समाजसेबि सेर्माले एक बिज्ञप्ति जारी गर्दै कोरोना कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा थप सहयोग पुगोस भनेर आफुले स्वस्थ्य सामग्री सहयोग गरेको कोरियाबाट सहयोगदाता गजेन्द्र सेर्माले जानकारी दिनु भएको छ।

बिगतका केही समयमा पनि ब्यक्तिगत रुपमा कुम्मायक -२ मा २ लाख १६ हजार बराबरको स्वस्थ्य सामग्री बितरण गरि सकेका छन्।

बिज्ञप्ति मार्फत समाजसेबि शेर्माले समाजका लागि केही गरेकोले थप हौसलाका लागि सञ्चारकर्मी सबैलाई सहयोग गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV