५ श्रावण २०७८, मंगलवार

काठमाडौं । मंगलबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदहरुलाई कारवाहीबारे कुनै निर्णय भएको छैन ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुलाई यसअघि पार्टीले २४ घण्टे स्पष्टीकरण सोधे पनि पार्टीबाट निष्कासन गर्ने कि नगर्ने विषयमा कुनै छलफल नभएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएन ।

नेता ज्ञवालीका अनुसार स्पष्टीकरण सोधेको २४ घण्टा पूरा भइनसकेकोले आज त्यसबारे कुनै निर्णय भएन । समयअवधि पुगेपछि त्यसबारे निर्णय गरिने उनले बताए ।

उता, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले आफूलाई पार्टीले सोधेको स्पष्टीकरण पत्र नै नपाएको बताइरहेका छन् । साथै, पत्र नै नपाई २४ घण्टे स्पष्टीकरण सोधिएको भन्नु हास्यसपद भएको उनीहरुको भनाइ छ ।

केन्द्रीय कमिटीको बैठक भोलि बुधबार ३ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV