५ श्रावण २०७८, मंगलवार
  • विनय तिम्सीना,

इलाम । इलाममा लकडाउन खुकुलो बनाइएसँगै कोरोनाको ग्राफ ह्वत्तै बढेको छ । आज एकै दिन इलाममा ८५ जना कोरोना संक्रमित थपिएका छन् । इलाममा आज थपिएका ८५ जनासंगै संक्रमितको संख्या २७४३ पुगेको छ ।

इलाममा आज संक्रमित हुनेमा इलाम नगरपालिकामा १३ महिला र १२ पुरुष, सूर्योदय नगरपालिकामा १३ महिला र १० पुरुष, रोङ गाउँपालिकामा ५ महिला र ४ पुरुष, देउमाइ नगरपालिकामा २ महिला र ६ पुरुष, फाकफोकथुम गाउँपालिकामा ४ महिला र ४ पुरुष, माइ नगरपालिकामा २ महिला र ४ पुरुष र सन्दकपुर गाउँपालिकामा २ महिला र ४ पुरुष रहेका छन् ।

थप दुई संक्रमितको मृत्यु

इलाममा आज कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइ नगरपालिका ९ वस्ने २२ वर्षीया महिला र इलाम नगरपालिका ९ वस्ने भारतीय ५६ वर्षीया महिला रहेका छन् ।

इलाममा हालसम्म संक्रमणको कारण ६० जनाको मृत्यु भइसकेको छ । अहिले इलाममा ७४३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७२८ जना होम आइसोलेसनमा रहेका छन् । १० जना अस्पतालमा समान्य उपचारमा छन् भने ५ जना आईसीयूमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV