५ श्रावण २०७८, मंगलवार

जनकपुरधाम । कमला नदीमा बाढी आएपछि बाढीले धनुषामा तटबन्ध कटान गर्न थालेको छ । कटान सुरु गरेपछि स्थानीय त्रसित बनेका छन् ।

नदीको पश्चिमतर्फको बाँधमा सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको बाँधमा कटान सुरु भएपछि रोकथामका लागि सुरक्षाकर्मी खटाइएको छ ।

सोमबार रातिदेखि कटान सुरु भएको हो । नदीमा आएको बाढीले तटबन्धको अधिकांश भाग कटान गरिसकेको जनाइएको छ ।

कटान हुन थालेको सूचना पाएलगत्तै अहिले त्यसलाई रोकथामका लागि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको टोली खटिएको छ बताइएको छ

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV