५ श्रावण २०७८, मंगलवार

काठमाडौं । अश्लिल भिडियो बनाएर आफ्नो एपमार्फत् रिलिज गरेको आरोपमा राज कुन्द्रा पक्राउ परेका छन् । राज कुन्द्रा बलिउड अभिनेत्री एवं फिटनेश फ्रीक शिल्पा शेट्टीकी श्रीमान हुन् । डीएनएका अनुसार अश्लिल भिडियो बनाएको आरोपमा राज कुन्द्रा सोमबार राति पक्राउ परेका हुन् ।

रियलिटी शो सुपर डान्सर–४ को जज रहेकी शिल्पा शेट्टी आफ्नो श्रीमान राज कुन्द्रा पक्राउ परेपछि सुटिङमा अनुपस्थित भएकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । डीएनएका अनुसार मंगलबारको लागि शिल्पाको सुटिङ सेड्युअल थियो तर, उनी सुटिङमा सामेल हुन सकिनन् ।

जानकारी अनुसार अभिनेत्री शिल्पा पछिल्लो समय आफ्नो बहिनी र आमासँग जुहुमा रहँदै आएकी छन् । पछिल्लो समय शिल्पा रियलिटी शो सुपर डान्सरलाई लिएर चर्चामा रहँदै आएकी छन् ।

त्यस्तै, डीएनएका अनुसार राज कुन्द्रालाई अश्लिल भिडियो बनाएर ओटीटी प्लेटफर्ममा रिलिज गर्दै आएको अरोप लागेको छ । राज कुन्द्राले हरेक साता अश्लिल भिडियो बनाएर रिलिज गर्ने गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

राज कुन्द्राका अलवा उनका अन्य पाँच जना साथीहरुलाई पनि पक्राउ गरिएको छ । यस घटनाका बारेमा फेब्रुअरी २०२१ मा मुद्दा दर्ता गरिएको थियो । मंगलबार (आज) मात्रै राज कुन्द्रालाई अदालतमा उपस्थित गराइएको थियो । उनलाई २३ जुलाईसम्म प्रहरी हिरासतमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV