५ श्रावण २०७८, मंगलवार

काठमाडौं । होम प्रकाश राईको नेतृत्वमा ‘श्री नवकिरण लोखिम समाज’ले नयाँ कार्यसमिति पाएको छ । मंगलबार काठमाडौंको कपनमा आयोजित पहिलो साधारणसभाबाट समाजको अध्यक्षमा पुनः होम प्रकाश राई चयन भएका हुन् ।

त्यस्तै, समाजको उपाध्यक्षमा सुशीला राई, सचिवमा पाण्डव राई, सह–सचिवमा सरद राई, कोषाध्यक्षमा धर्मेन्द्र राई, सह–कोषाध्यक्षमा प्रदीप राई निर्विरोध चयन भएका छन्, भने सदस्यहरुमा टंक प्रसाद राई, नविन्द्र राई, बल बहादुर राई र भविता राई चयन भएका छन् ।

बन्द र खुला सत्र दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमबाट अध्ययनको सिलसिलामा काठमाडौंमा आएका पछिल्लो पुस्ताका सम्पूर्ण भाई–बहिनीहरुलाई आबद्ध गराउँदै लैजाने समाजको योजना रहेको अध्यक्ष राईले बताए ।

साथै, कार्यक्रममा उपस्थित ‘लोखिम एकता समूह’का अध्यक्ष लोक बहादुर राईले नव किरण समाजले पछिल्लो पुस्ताका भाई–बहिनीहरुलाई पथप्रदर्शकको काम गर्नुका साथै सामाजिक कार्य समेत गर्दै आएको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।

कोरोना महामारीको जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV