४ श्रावण २०७८, सोमबार

काठमाडौं । नायक पुष्प खड्काले ७० लाखमा क्रेटाको गाडी खरिद गरेका छन् ।

पुष्पले सेतो रंगको कार खरिद गरेका हुन् । कोरोनाको महामारीको कारण चलचित्रको काम ठप्प भएपनि उनी म्यूजिक भिडियोमा व्यस्त छन् । उनले चलचित्र क्षेत्रमा काम गरेरै कैलालीमा घर समेत बनाइसकेका छन् ।

म्यूजिक भिडियो हुँदै चलचित्रमा आएका पुष्पले सुरुवाती दिनमा लचित्रमा सफल हात पार्न सकेनन् । उनलाई चलचित्र ‘मंगलम’ले बदलिदियो । यो चलचित्रमा अभिनय गरेपछि उनलाई पछाडि फर्किएर हेर्नु नपरेको जनाइएको छ ।

पुष्पले अभिनय गरेका ‘तिम्रो मेरो साथ, मनसँग मन, कृष्णलीला’ रिलिजको क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV