४ श्रावण २०७८, सोमबार

काठमाडौं । हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाई हुनुभएको छ। काठमाडौंको म्यारियट होटलमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले देउवकोटाको बिदाई गर्नुभयो।

उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यबाद दिँदै उहाँको योगदान संस्थाले भबिष्यमा पनि सम्झीरहने भन्दै नयाँ यात्राका लागि शुभकामना दिनुभयो।

बिदाई कार्यक्रममा देवकोटाले आफुले नयाँ यात्रा शुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रो पात्रोको सफलताको कामना गर्नुभयो। देवकोटाले हाम्रो पात्रोमा आफ्नो समय अविश्मरणीय रहेको जानकारी गराउँदै नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको जानकारी गराउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV