४ श्रावण २०७८, सोमबार

काठमाडौँ । वात्सल्यले ४० वर्ष माथिका महिलाका लागि निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श योजना ल्याएको छ ।

निःसन्तान दम्पतिका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा उपलब्ध गराउन शुरुवात गरेका केहि स्वास्थ्य संस्था मध्येको एक वात्सल्य आईभिएफले यो योजना ल्याएको हो ।

निःसन्तान विशेषज्ञ को मिजासिलो व्यवहार, उचित परामर्श, आवश्यक चेक(जाँचका लागि उपलब्धता आदिले पनि सफलतामा निकै ठूलो भूमिका खेल्ने देखिएको भन्दै यो योजना ल्याएको हो ।

वात्सल्यमा आबद्ध दुई नयाँ विशेषज्ञमध्ये डा. सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत हुनुहुन्छ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बाट एमडीमा गोल्ड मेडलिष्ट पनि हुनुहुन्छ । यस्तै डा. निजा राजभण्डारी ले लखनउमा छात्रवृत्ति मार्फत् सीएफओ सम्बन्धि अध्ययन गर्नुभएको छ ।

विगत ३ वर्षको सेवामा आफ्नो कार्य दक्षताका कारण उहाँले “सर्वोत्कृष्ट कर्मचारी” उपाधि पनि प्राप्त गर्नुभएको थियो । उपचारमा उहाँहरुको संलग्नताले सफलता दरमा थप टेवा पुग्ने विश्वास वात्सल्यले लिएको छ ।

खासगरी ४० वर्ष माथिका महिलाले धेरै वर्ष सन्तान प्राप्त गर्न नसक्दा हरेश खाइसकेका हुन्छन् । उचित निदान र उपचार गरे सन्तान प्राप्ति सम्भव भएको कारण, आधुनिक उपचारको सम्भावना पहिल्याउन मद्दत गर्न वात्सल्यले उहाँहरुको लागि निःशुल्क टिभिएस जाँच तथा निःशुल्क चिकित्सक परामर्शको योजना ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV