४ श्रावण २०७८, सोमबार

झापा । नेपालको पुर्वीनाका स्थित काँकरभिट्टामा राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

‘हरियो वन नेपालको धन’ भन्ने मुल नाराका साथ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मेचीनगर कमिटीले आज एक कार्यक्रमका विच विभिन्न प्रजातिका ५ सय बिरुवा रोपेको हो ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव राजु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा संघ नेपालका स्थायी कमिटी सदस्य अनिता कन्दङवा, एमाले पाटिका जिल्ला सदस्य डिल्ली घिमिरे, जिल्ला सदस्य राजु पोखरेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य निशा लिम्बु, खेलकुद महासंघका केन्द्रीय सदस्यरबिन ओझा, युवा संघ नेपालका शिवसताशी नगरका अध्यक्ष फुर्वा लामालगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल मेची नगर कमिटीका अध्यक्ष मानबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन संघका नगर सचिव वेग सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV